पशु बीमाप्रिमियम अनुदान
फाइल तस्वीर

काठमाडौं । सरकारले कृषि बाली तथा पशु बीमाको प्रिमियम अनुदान वृद्धि गरेको छ । शुक्रबार बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । यसअघि ५० प्रतिशत रहेको प्रिमियममा अनुदान अब भने ८० प्रतिशत हुनेछ ।

‘कृषि बाली तथा पशु बीमाको प्रिमियममा साबिकको ५० प्रतिशत रहेको अनुदानलाई वृद्धि गरेर ८० प्रतिशत पु¥याएको छु,’ अर्थमन्त्री शर्माले भने । बीमाको दायरा पनि विस्तार गरिने प्रतिस्थापन बजेटमा उल्लेख छ ।

कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्यूनीकरण गर्न र यस क्षेत्रमा किसानहरूको आकर्षण वृद्धि गर्न भन्दै सरकारले बीमामा अनुदान दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!