सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँ बराबरको संशोधन बजेट संसदमा पेश गरेको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक मार्फत संशोधित बजेट पेश गरेका हुन् ।

पूर्ववर्ती सरकारले जेठ १५ गते ल्याएको बजेटमा १५ अर्ब रूपैयाँ घटाएर सरकारले संशोधित बजेट ल्याएको हो । यसअघि अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएका थिए ।

नेकपा एमाले सांसदको नाराबाजीका बीच अर्थमन्त्री शर्माले संसदमा बजेटको प्रतिस्थापन विधेयक पेश गरेका हुन् । अर्थमन्त्री पौडेलले पुरक बजेटको कार्यान्वयनबाट ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने दाबी गरे ।

यसअघि शुक्रवार नै बसेको प्रतिनिधि सभा बैठकमा एमालेको नाराबाजीका बीच अर्थमन्त्रीले अध्यादेश संसदमा पेश गरेका थिए ।

हेर्नुस् अर्थमन्त्रीले संसदमा पेश गरेको संशोधित बजेट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!