सिरहा । सिरहामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भगवानपुर गाउँपालिका–४ की ४१ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
बिरामी भएपछि उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौ १६ गते कोरोना परीक्षण गर्न गएकी उनको रिपोर्ट पोजेटिभ आएको थियो । उपचारकै क्रममा उनको बुधबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादवले बताए ।
योसँगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३३ पुगेको छ ।