सिरहा । सिरहा जिल्लामा नेकपा एमालेबाट विजयी ६१ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदार यादवसहित नेकपा एमालेबाट विजयी सबै जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गराएका छन् । जिल्लाका अन्य स्थानीय तहबाट ४३ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।

सखुवानन्कारकट्टी गाउँपालिकामा अध्यक्ष र तीन वडाध्यक्षसहित १८ जनप्रतिनिधि नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनीहरु सबैले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेको नेकपा एकीकृत समाजवादीका स्थानीय नेता योगेन्द्र सिंहले जानकारी दिए ।

त्यसैगरी, जनता समाजवादी पार्टी नेपाल परित्याग गरी १२ जना स्थानीय तहका जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । जिल्ला निर्वाचन अधिकृत इन्दिरा यादवका अनुसार उनीहरु मंगलबार जिल्ला निर्वाचन कार्यालय सिरहा पुगेर लोकतान्त्रिक समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय