मेष
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज धर्मकर्म, तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । शुभकार्यको योजना हुनेछ, तर साँझमा भने खर्च बढ्नेछ ।

बृष
(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज चिताएको कामले तीव्रता लिनेछ । व्यापारव्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मिथुन
(का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज जोशजाँगर र हिम्मत बढ्नेछ । नयाँ काम वा रोजगार पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्ला । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज कार्यमा सम्पादनमा समस्या आउला । पारिवारिक उल्झनमा परि काम बिग्रिएला । सरकारी निकायको भय पनि रहनेछ ।

सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मङ्गल कार्यको योजना बन्नेछ । कृषि कार्यमा सहभागी भइएला । नयाँ रोजगारको अवसरले पछ्याउनेछ । स्वादिष्ट खानेकुरा पनि मिल्नेछ।

कन्या
(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउला । सफलता र उपहार पाइने सम्भावना पनि रहेको छ ।

तुला
(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दाम्पत्य जीवन सुखमय नै रहनेछ ।

बृश्चिक
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता बढ्नेछ ।

धनु
(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

मकर
(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
दूरदराजमा वा परदेशमा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ । रोकिएका व्यापार व्यवसाय विस्तारै सुचारु हुन सक्छ ।

कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आजबाट आयआर्जनका क्षेत्रमा सुधार विस्तारै आउनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ ।

मीन
(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति नै हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!