प्रदेश नं. ४ गण्डकीसमाचारसुरक्षा/अपराध
Trending

पोखराबाट १४ जना जुवाडे पक्राउ

ADVERTISEMENT
ADVERTISEMENT

पोखरा । पोखराबाट १४ जना जुवाडे पक्राउ गरेका छन् । पोखरा–७ घारीपाटन, राधाकृष्ण मार्गस्थित ज्ञान बहादुर खड्काको घरमा तास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

ADVERTISEMENT

खड्काको घरमा जुवातास खेलिरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले नगद २ लाख ५० हजार ६ सय ३५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

यसैगरी पोखरा–१५ सीताराम हाउजिङमा डेरा गरी बस्ने स्याङ्जा पुतलीबजार –८ घर भएका ५१ वर्षीय लाल प्रसाद गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा गुरुङसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गुरुङको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८४ हजार ५ सय २५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button