गृह मन्त्रालयप्राकृतिमृत्युविपद्का घटना

काठमाडौँ । देशभर विगत पाँच महिनामा प्राकृति विपद्का घटनामा १८० जनाको मृत्यु भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख यता शुक्रबार रातिसम्म देशभर विपद्का १५३९ घटना भएका छन् ।

यी घटनामा १८० जनाको मृत्यु भएको छ भने ४० जना बेपत्ता छन् । यस्तै ४०६ जना घाइते भएका छन् । विपद्का घटनाबाट १९६८ घरपरिवार प्रभावित बनेका छन् । यी घटनाबाट ९१ करोड ६२ लाख ८ हजार ३४२ रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।

यो अवधिमा सबैभन्दा धेरै पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ । यस्तै चट्यांमा परी ४२ जनाको मृत्यु भएको छ भने बाढीका कारण ३० जनाको मृत्यु भएको छ । सर्पदंशबाट १५ जना जंगली जनावरको आक्रमणमा २० जनाले ज्यान गुमाउनु परेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!