काठमाडाैं । पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।

आज एक वक्तव्य जारी गर्दै बढाइएको मूल्य तत्काल फिर्ता गर्न र फिर्ता नगरिएमा आन्दोलनमा उत्रने उनीहरूले चेतावनीसमेत दिएका छन् ।

यस्तै सार्वजनिक यातायातको भाडामा गरिएको २८ प्रतिशत वृद्धि खारेज गर्न र कक्षा १२ को परीक्षा तालिका सार्न पनि माग गरिएको छ ।

वक्तव्य नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं)ले संयुक्त रुपमा निकालेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय