
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले कोरोना भाईरसको संक्रमणको जोखिम जिल्लामा कायमै रहेकोले भाद्र महिनाभरी खुकुलो सहितको निधेषाज्ञा साउन ३२ मा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेंलले डीसीसीएमसीको निर्णयको आधारमा जिल्लाभरीमा कोरोना संक्रमणका कारणले अति आवश्यक वाहेका अन्य कामहरुमा रोक लगाउने पूरानै निर्णयलाई यथावत रहेको आदेश जारी गरेको छ । जारी आदेशको गर्न नहुने क्रियाक्लापको बुँदा नम्बर २ मा ‘हाटबजार, मेला, भेला, सामुहिक भोज, नाचगान, जुलुस, ¥याली नगर्ने नगराउने’ उल्लेख रहेको छ । प्रजिअले कणेंलले संक्रमणको जटिलतालाई ध्यानमा राख्दै आदेश जारी गरेपनि जिल्लाका राजनीति दल धज्जी उडाउँदै आएका छन् ।
कोरोना संक्रमणका बेला जिल्लामा स्वास्थ्य सामग्री व्यवस्थापन र न्यूनिकरणमा भूमिका निर्वाह गर्न नसकेको जिल्लाका राजनीतिक दल अहिले आफ्नो पार्टीलाई बलियो बनाउने अभियानमा जटेका छन् । कतै पूर्वमन्त्री त कतै स्थानीय तहका प्रमुुखको उपस्थितीमा ठूलो संख्यामा भेला गराई कार्यक्रमहरु आयोजना गर्दै आएको छ । राजनीतिक दलले आयोजना गर्ने कार्यक्रममा कोभिड संक्रमण विरुद्धको स्वास्थ्य प्रोटोकलको धज्जी उडाउने गरेको छ ।
भर्खरै देशमा ‘तपाईको मास्क खोई ?’ अभियान संचालन गरेको छ । तर राजनीतिक दलका जिल्ला तहका नेतृत्वलाई त्यससँग कुनै सरोकार छैन् । ‘नो मास्क, नो डिस्टान्स’ अवधारणना आत्मसाथ गर्दै सभा, सम्मेलनहरु आयोजना गर्दै आईरहेको छ ।
नेपालमा कोरोनाको तेस्रो लहरको सम्भावित जोखिमवारे स्वास्थ्य मन्त्रालयले पहिले नै सचेत गराईसकेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक जानकारीमा हुनेगरी सूचना प्रकाशित गरेपनि सिरहा जिल्लाका राजनीतिक दल र तीनका नेतृत्वलाई कुनै मतलब नभएको जानकारहरु बताउँछन् ।
कोरोनाको दोस्रो लहरका दौरान सिरहामा जिल्लामा एक सय ६ जनाको ज्यान गईसकेको छ । संक्रमण तिव्र रुपमा फैलिदा जिल्लामा उपचार गर्न आवश्यक बन्दोबस्ती नै पुगेको थिएन् । सिरहा राजनीतिक दलले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य, सचेतनामा जोड दिनुको सट्टा ‘नो मास्क, नो डिस्टान्स’ अवधारणलाई जोड दिएको छ ।

सिरहाको भगवानपुर गाउँपालिका २ गम्हरीयामा सोमवार यस्तै एक दृश्य देखिएको छ । जनता समाजवादी पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा मंचमा आसिन नेतृत्व, जनप्रतिनिधिले मास्क लगाउन रुचाएनन् । विभिन्न पार्टी परित्याग गरी १२५ जना प्रवेश गरेको खुशीमा ‘नो मास्क, नो डिस्टान्स’ प्राथमिकतामा परेको छ । कार्यक्रममा पूर्व विना विभागीय मन्त्री राजलाल यादव, जसपा प्रदेश २ का सदस्य ललिता दास विद्रोही, भगवानपुर गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादव लगायतका नेताहरु मंचमा आसिन थिए ।
डिसीसीएमसी सिरहाले पटक पटक सभा, सम्मेलन आयोजनामा रोक लगाएको अवस्थामा जिल्लामा भईरहेका यस्ता कार्यक्रमका आयोजना गर्ने नेतालाई संक्रामक रोग ऐन, २०२० अन्र्तगत कारबाही गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उठ्न थालेको छ । जनस्वास्थ्यसँग सरोकार राख्ने चिकित्कसहरुले राजनीतिक दलले गम्भीर गल्ती गरिहरेको जनाएका छन् । सम्भावित जोखिमसँग जोगिन ध्यान दिनुको सट्टा राजनीतिक दलले भीडभाड जम्मा पारेर सक्रमणलाई निमन्त्रणा दिई रहेको डा. नरेश कुमार मण्डलले बताएका छन् । कोभिड–१९ को स्वास्थ्य प्रोटोकल पालना गर्न आग्रह गर्दै डा. मण्डलले सम्भावित जोखिनलाई वेवास्ता गर्न नमिल्ने बताए ।
अधिवक्ता समेत रहेका अधिकारर्मी गोपी प्रसाद सिंहले राजनीतिक दलले नागरिकको स्वास्थ्य प्रति संवेदनशील बन्नु पर्ने बताएका छन् । कोरोना पहिलो र दोस्रो लहरका कारण देशलाई ठूलो मानवीय क्षति भएको भन्दै सिंहले जलिट परिस्थितप्रति सचेत बन्नु पर्ने बताएका छन् । डीसीसीएमसीले गरेको निर्णय कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयले जोड दिनुपर्ने युवा नेता अरविन्द यादवको भनाई छ । निर्णय कागजमा सिमित बन्दै गएको भन्दै युवा नेता यादवले स्थानीय प्रशासनले यसमा कडाई गर्नु जरुरी भएको बताए ।