सुरेश यादव, नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले ३ बर्षदेखि फरार रहेका एक जना अभियुक्त पक्राउ गरेको छ । पश्चिम नवलपरासी जिल्ला अदालतबाट लागुऔषध मुद्धामा फैसला भई तत्काल १० बर्ष एक महिना, ८ दिन कैद सजाय र एक लाख जरिवाना तोकिएका प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने २२ वर्षीय ईन्द्रिजित बिन पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको टोलीले पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ बाट पक्राउ गरिएको सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिनुभयो । बिनलाई आवश्यक कारवाहीको लागि आइतबार जिल्ला अदालतमा पेश गरिने डिएसपी लामाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय