पाकिस्तानस्वतन्त्रता दिवस

काठमाडौँ । पाकिस्तानले आफ्नो ७५ औँ स्वतन्त्रता दिवस मनाएको छ । भारतबाट स्वतन्त्र भएको अवसरमा हरेक वर्ष अगस्ट १४ का दिन पाकिस्तानले स्वतन्त्रता दिवस मनाउने गरेको छ । दिवसको अवसरमा काठमाडौँमा रहेको पाकिस्तानी दुतावासले पनि झण्डा फहराएर स्वतन्त्रता दिवस मनाएको छ । तत्कालिन ब्रिटिश साम्राज्य र भारतबाट पाकिस्तान स्वतन्त्र भएको दिनलाई उसले स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लामिक गणतन्त्र पाकिस्तानको स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षीहरूमा शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले पाकिस्तानी राष्ट्रपति डा आरिफ आल्भी तथा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी इमरान खानलाई शनिबार बेग्लाबेग्लै सन्देश पठाएर स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेका हुन् ।

सन्देशमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले पाकिस्तानको शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गर्दै नेपाल र पाकिस्तानबीचको विद्यमान मैत्रीपूर्ण सम्बन्ध भविष्यमा थप विकसित हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!