धनुषापक्राउमृत्यु प्रकरण

जनकपुरधाम । हत्या आरोपमा धनुषास्थित हंसपुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष श्याम राउतलाई प्रहरीले पक्राउ गरेको छ ।

दुई वर्षअघि भएको घटनाविरुद्ध परेको किटानी जाहेरीका आधारमा बिहीबार जिल्ला अदालतले दोषीलाई पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले वडाध्यक्ष राउतलाई पक्राउ गरेको हो । नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झाबीच भएको विवादले २१ साउन ०७६ मा झडप भएको थियो ।

सो झडप नियन्त्रण गर्न प्रहरीले गरेको बल प्रयोगमा परी घाइते भएका स्थानीय ५५ वर्षीय तपेश्वर मण्डलको उपचारको क्रममा १८ भदौमा निधन भएको थियो ।

तपेश्वरको मृत्यु भएपछि सो घटनामा पीडित परिवारले मेयरसहित वडा नम्बर ३ का अध्यक्ष उदय सिंह, वडा सदस्य श्याम राउत साथै वडा नम्बर ४ का सदस्य लालबाबु यादवविरुद्ध किटानी जाहेरी दिएका थिए ।

उक्त जाहेरीका आधारमा उनीविरूद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि वडाध्यक्ष राउत पक्राउ परेको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए । ‘राउतलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ । फरार मेयरसहितका अध्यक्ष आरोपितहरूको खोजी कार्य जारी छ,’ उनले भने ।

सो घटनामा उपमेयर झा, ४ नम्बरका वडाध्यक्ष किशोरी यादव, २ नम्बरका वडाध्यक्ष उदय साहविरुद्ध ज्यान मार्ने अभियोगमा मुद्दा दर्ता भएको थियो । मेयर मण्डलमाथि मृतकका छोरा राजकुमार मण्डलले र उपमेयर झाविरुद्ध मेयर मण्डलका समर्थकले उजुरी दिएका थिए ।

मेयर साह नगरपालिकाको कार्यालय सार्ने पक्षमा थिए भने उपमेयर झा कार्यालय नसार्ने अडान राखेपछि विवाद उत्पन्न भएको थियो । सो विवादमा दुवै पक्षका समर्थकबीच भएको झडपमा प्रहरीले बल प्रयोग गर्दै लाठी चार्ज र गोली प्रहार समेत गरेका थिए । प्रहरीकै कुटाइबाट तपेश्वर गम्भीर घाइते भएका थिए ।

मृतकका छोरा राजकुमारको उजुरीको आधारमा धनुषा प्रहरीले करिब दुई वर्षपछि हँसपुर नगरपालिकाको कार्यपालिका सदस्य श्याम राउतलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक रानाभाटले जानकारी दिए ।

तपेश्वर मण्डलको मृत्यु प्रकरणका मुख्य आरोपी मेयर मण्डल, उपमेयर रेणु झा र हँसपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उदय सिंह, वडाध्यक्ष किशोरी यादव र नगर कार्यपालिका सदस्य राउतमाथि पीडित पक्षले दिएको जाहेरीका आधारमा धनुषा प्रहरीले कारबाही प्रकिया अघि बढाएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!