काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले संरक्षित वन्यजन्तु भैंसेगोहोरोसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका-५ नौविसे दामिचौरका ४१ वर्षीय पञ्चराम तामाङ, दोलखा मेलुङ गाउँपालिका-३ भैंसेका १९ वर्षीय सुरेश बिक र दोलखा तामाकोशी गाउँपालिका-५ गोगनटारका २३ वर्षीय सुमन बिक रहेका छन् ।

उनीहरुलाई ललितपुर महालक्ष्मी नगरपालिका-१ इमाडोलबाट जीवित भैंसेगोहोरो सहित आइतबार पक्राउ गरेको ब्‍यूरोले जनाएको छ ।

पक्राउ परेकाहरुलाई आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय गोदावरीमा बुझाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय