मिथिला क्षेत्रमा कोजाग्रत पूर्णिमालाई ‘कोजगरा’ को रुपमा मनाइँदै

मिथिला क्षेत्रमा कोजाग्रत पूर्णिमालाई ‘कोजगरा’ को रुपमा मनाइँदै

अपन दैनिक
कार्तिक १४, २०७७ मा प्रकाशित
१०५ पटक पढिएको
मिथिला क्षेत्रमा कोजाग्रत पूर्णिमालाई ‘कोजगरा’ को रुपमा मनाइँदै

जनकपुरधाम । आज कोजाग्रत पूर्णिमा । आजको दिनबाट यस वर्षको दशैंलाई विधिवत रुपमा समापन गरिँदैछ भने तिहारको स्वागत गरिँदैछ । मिथिला क्षेत्रमा भने कोजाग्रत पूर्णिमालाई ‘कोजगरा’ को रुपमा मनाइँदैछ ।

कोजगराको अवसरमा पूजापाठका साथै यसै वर्ष विवाह भएका नवजोडीका लागि अन्तिम विधि गर्ने गरिन्छ ।

पछिल्लो वर्ष मंसिरदेखि असारसम्म वैवाहिक जीवनको सुरुवात गरेका बेहुली पक्षबाट बेहुलाको घरमा यस दिन भार पठाउने चलन छ । भारमा पान, मखान, फलफूल, दही, मिठाई, सौंफ, मुमफली अनिवार्य हुन्छ । यसैगरी बेहुलासहित उनको परिवारका हरेक महिला सदस्यका लागि कपडा पनि लग्नैपर्ने हुन्छ ।

बेहुलीको घरबाट बेहुलाको घरमा भार आएपछि बेहुलालाई चुमाउने गरिन्छ । यसलाई चुमाओन विधि भनिन्छ । पुरोहितले मन्त्रोच्चारण गर्दै बेहुलालाई चुमाएपछि ठूलाबडाले आर्शिवाद दिने गर्छन् । यस दिन बेहुलाहरुलाई मिथिलाको पाग लगाइदिँदै ससुरालीबाट आउने कपडा पहि¥याउने गरिन्छ ।

बेहुलीकै घरबाट आउने डाला, धान, अक्षता, दही, केराजस्ता पूजा सामग्रीबाट बेहुलालाई चुमाउने गरिन्छ ।  बेहुलाको टाउकोदेखि खुट्टासम्मको पाँच प्रमुख स्थानलाई चुमाउने चलन छ । चुमाओन गरिनु भनेको एक किसिमको आर्शिवाद दिनु हो ।

चुमाओन विधि सकिएपछि सामूहिक रुपमा भोजजस्तै खानपिनको आयोजना गरिन्छ । क्षमता हुनेले ठूलो भोज आयोजना गर्छन् यस दिन । यस अवसरमा मिठाइ, मखान, पान खानैपर्ने हुन्छ ।

खानपिनपछि कौडासहित पचिसी खेल्ने चलन छ । आठ कौडीहरू र सोह्र गोटीद्वारा पासाका चौसठ्ठी बेहुला र बेहुलीका दाजु वा भाइबीच खेलिन्छ ।

बेहुली पक्षबाट यस दिन भारका साथै अन्य सामानहरु पनि दिने चलन छ । आभूषण, औंठी, छाता, घडी पनि बेहुला पक्षलाई बेहुली पक्षले दिने चलन छ । यस दिन छोरीको विवाह गर्दा प्रतिबद्धता गरे अनुसारको बाँकी रहेका दाइजो पनि दिने चलन छ ।

यस दिन बेहुली पक्षबाट कम्तीमा पाँच जनादेखि ११ या १५ जनासम्म भार लिएर आउने गर्छन् । क्षमता हुनेले एक सय वटासम्म र नहुनेले कम्तीमा ११ वटासम्म भार पठाउनुपर्ने चलन छ ।

छोरीको विवाह भएर बिदाइ गर्ने बेलामा दिइने कोसेलीझैं कोजगरा पर्वमा पनि कोसेलीहरु दिइने गरिन्छ ।

मिथिला संस्कृति अनुसार यसअघि मधुश्रावणीका दिन बेहुलाको घरबाट बेहुलीको घरमा भार पु¥याउनुपर्ने हुन्छ । मधुश्रावणी पर्व साउन महिनामा मनाउने गरिन्छ ।

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित