File photo

काठमाडौँ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सबइन्जिनीयर विनोदकुमार पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७२ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।
पौडेललाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
प्रवक्ता रिसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘पौडेलले सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्यसम्पन्न पश्चात भुक्तानी दिने क्रममा सेवाग्राहीसँग रु। ७२,०००।– घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटी गएको टोलीले निज विनोदकुमार पौडललाई सेवाग्राहीसँग रु। ७२,०००।– ९बहत्तर हजार रुपैयाँ० घुसररिसवत लिइसकेको अवस्थामा उक्त घुस रकमसहित निजलाई बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ स्थित सव्रिना होटलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय