काठमाडौं । कक्षा १२ को परीक्षा दिनुअगावै सबै परीक्षार्थीले केस इन्भेष्टिगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ (सिआइसिटी) फारम भर्नुपर्ने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सोही भरेको फारम सम्बन्धित जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसीएमसी)मा बुझाउनुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको जनाएको छ। बोर्डले सबै क्षेत्रको प्रदेश परीक्षा व्यवस्थापन कार्यालयलाई उक्त फारम सम्बन्धित विद्यालयलाई उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।
बोर्डको परीक्षा उपनियन्त्रक कृष्ण प्रसाद घिमिरेका अनुसार फारम बोर्डको वेबसाइटबाट डाउनलोड गर्न पनि सकिने व्यवस्था गरिएको छ । फाराममा परीक्षार्थीले आफ्नो सम्पूर्ण व्यक्तिगत विवरण भर्नुपर्ने छ ।
कोरोनाले रोकिएको कक्षा १२ वार्षिक परीक्षा साउन ३१ गतेदेखि सञ्चालन हुँदैछ ।