करेन्ट लागेर मृत्यु

काठमाडौं । करेन्ट लागेर पोखरा र बैतडीमा गरी तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२५ मिलनचोक बस्ने ३४ वर्षीय मृगसिंह नेपालीको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको हो ।

हेम्जा सापकोटा चोकस्थित निर्माणाधीन घरको पिल्लरको रड बुन्ने क्रममा फलामको रड विद्युतको हाईटेन्सन लाइनमा छोएर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । नेपालीको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै बैतडीको सुर्नया गाउँपालिका–५ स्वालीमा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । २१ वर्षीय सन्तोष चन्द र उनकै भाइ १८ वर्षीय अमृत चन्दको करेन्ट लागेर बुधबार राति मृत्यु भएको हो । मकैबारीमा जंगली बँदेलको लागि छोडिएको विद्युतको तारबाट करेन्ट लाग्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!