जनता समाजवादी पार्टीमहन्थ ठाकुर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष महन्थ ठाकुर समूहले शुक्रबादेखि भदौ नौ गते बुधबारसम्म मुलुकभर अगुवा कार्यकता भेला गर्ने भएको छ । अध्यक्ष महन्थ ठाकुरले आज एक अपील जारी गर्दै भेलामा सहभागी हुन सबैमा आग्रह गरेका छन् ।

अपीलसँगै सार्वजनिक अगुवा कार्यकता भेलाको तालिका अनुसार शुक्रबार सप्तरी, सिरहा, महोत्तरी, बारा र दाङमा कार्यक्रम हुनेछ ।

त्यस्तै शनिबार झापा, मोरङ, धनुषा, पर्सा र कैलालीमा, २४ साउनमा सुनसरी, सर्लाही, रौतहट, रुपन्देही, कपिलवस्तु र कञ्चनपुरमा, २५ साउनमा नवलपरासीर बर्दियामा, २६ साउनमा बाँकेमा २७ साउनमा सुदूरपश्चिम प्रदेश अत्तरियामा, ३० साउनमा बागमती प्रदेश काठमाडौँमा कार्यक्रम हुनेछ ।

त्यस्तै तीन भदौमा इटहरीमा, ५ भदौमा पोखरामा, ७ भदौमा बुटवलमा र ९ भदौमा सुर्खेतमा कार्यक्रम गर्ने तालिका सो समूहले सार्वजनिक गरेको छ ।

तालिकासँगै सार्वजनिक अपीलमा पार्टी विभाजनसम्म भएका क्रियाकलापबारे प्रष्ट्याउन खोजिएको छ । सत्ता समीकरणबारे विवाद भएपछि हेड काउन्टका आधारमा नर्विाचनआयोगले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव समूहलाई आधिकारिकता दिएपछि ठाकुर समूहले देशव्यापी कार्यक्रमको तालिका सार्वजनिक गरेको हो ।

यस्तो ५ अध्यक्ष ठाकुरको अपील   

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!