विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा आइतबार राति भएको घटनाको छानबिनका गर्न गठित छानबिन समिति घटनास्थलमा पुगेको छ ।
आइतबार राति दुई समूहबीच भएको विवाद नियन्त्रणका म्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो । ९ जना घाइते भएका छन् ।

घटनाको विरोधमा प्रदर्शन उग्र भएपछि गृह मन्त्रालयले सोमबार छानबिन गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।
सोमबार नै विराटनगर आएको समितिले घट्नाका घाइतेलाई भेटेर बयान लिएको थियो । बुधबार बिहान घटनास्थल पुगेको हो । घटनास्थल पुगेको टोलीले घटनास्थलको निरीक्षणपछि स्थानीयवासीसँग सोधपुछ गरेको छ ।



