काठमाडौँ – अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज आगामी आर्थिक वर्षका लागि २०८३/८४ को बजेट सार्वजनिक गर्दै छन् ।
आज अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (सङ्घीय संसद्को बैठक) मा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्ने छन् ।
झन्डै दुई तिहाइ बहुमत प्राप्त रास्वपा नेतृत्वको वर्तमान एकल सरकारको बजेट ल्याउने अवसर प्राप्त गरेको अर्थमन्त्री वाग्लेले आज कस्तो कस्तो बजेट ल्याउँछ भन्ने धेरैको चासो छ ।संयोग बस आजको दिन अर्थमन्त्री डा.वाग्लेकालागि थप विशेष छ । अर्थमन्त्रीको आज जन्मदिन समेत हो । सन् 1974 May 29 मा गोरखाको बुङकोटमा जन्मिएका वाग्ले आजबाट ५२ वर्ष लागेका छन् । विक्रमसंवत अनुसार भने उनको जन्मदिन भोलि अर्थात जेठ १६ मा पर्छ ।




