चुनावी घरदैलोका क्रममा एक बालकले केपी खनाललाई सोधेका थिए, “हाम्रो परिवारले तपाईंलाई भोट त दिन्छ, तर के तपाईं हाम्रा क्षेत्रका गरिब, थारु र सुकुम्वासीका छोराछोरीलाई छात्रवृत्ति दिएर सहरमा पढाइदिन सक्नुहुन्छरु” त्यतिबेला बालकको हात समाएर मुस्कुराएका खनालले आज सांसद भएपछि त्यसको अद्भुत जवाफ दिएका छन्।

कैलाली क्षेत्र नम्बर २ का सांसद खनालले ‘५५ विद्यार्थी, ५५ सपना’ संकल्प सहित ‘MP Scholarship Program’ ल्याएका छन्। आफ्नै गाउँ(ठाउँमा समेत आर्थिक अभावका कारण प्लस टु पढ्न धौ(धौ परिरहेका विद्यार्थीहरूका लागि यो कार्यक्रम वरदान सावित भएको छ।

विशेष गरी गाउँका गरिब र विपन्न बालबालिकाको सपनाको सहर काठमाडौँ आएर उच्च शिक्षा हासिल गर्ने जुन इच्छा हुन्छ, तर कोठा भाडा र कलेजको खर्च धान्न सक्दैनन्, उनीहरूलाई काठमाडौँ ल्याएरै पढाउने सांसद खनालको यो सपना र प्रयास निकै नै सराहनीय छ।

आफ्नो क्षेत्रको माटो र विपन्नताको मर्म बुझेर विद्यार्थीको शैक्षिक भविष्य सुनिश्चित गर्ने सम्भवतः खनाल पहिलो सांसद हुन्। आर्थिक संकटका कारण काठमाडौँ आउन नसक्ने बालबालिकालाई अभिभावकत्व ग्रहण गर्दै सहर ल्याएर पढाउने उनको यो कदम साँच्चै नै उदाहरणीय छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय