काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा आइतबार नेपालभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ।

काठमाडौंमा बानेश्वरदेखि माइतीघरसम्म प्रभातफेरी कार्यक्रम सम्पन्न भएको थियो, जसमा विभिन्न सञ्चारमाध्यम तथा सम्बद्ध संघसंस्थामा आबद्ध सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

यस दिवसको अवसरमा प्रेस स्वतन्त्रताको महत्त्वबारे चर्चा गर्दै अभिव्यक्ति स्वतन्त्रता र निष्पक्ष पत्रकारिताको संरक्षण आवश्यक रहेकोमा जोड दिइएको छ।

सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउँदै आएको हो, जसको आधार अफ्रिकी राष्ट्र नामिबियाको विन्डहकमा जारी ‘विण्डहक घोषणापत्र’ हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय