सिरहा । बढुवा समितिको सचिवालयले ७२ जना नायब सुब्बा (नासु) तहका कर्मचारीलाई शाखा अधिकृत पदमा बढुवाका लागि सिफारिस गरेको छ। उक्त सूचीमा सिरहा नगरपालिकामा कार्यरत बलिराम यादव पनि परेका छन्।

समितिको हिजो बसेको बैठकले नेपाल प्रशासन सेवा अन्तर्गत सामान्य प्रशासन समूह, राजस्व समूह तथा महिला विकास अधिकृत पदका लागि सिफारिस गरेको हो।

सिफारिस अनुसार सामान्य प्रशासन समूहबाट ५५ जना, राजस्व समूहबाट १६ जना र महिला विकास अधिकृततर्फ १ जना गरी कुल ७२ जना कर्मचारी बढुवाका लागि छनोट भएका छन्।

सामान्य प्रशासन समूहबाट सिफारिस हुनेहरूमा सुशील शाक्य, केशवराज जमरकट्टेल, शेरबहादुर थापा, नवराज कोइराला, धर्मराज जोशी, धौलराम सार्की, बलिराम यादव, विष्णु प्रसाद पोखरेल, तारादत्त भट्ट, श्याम प्रसाद ओझा, बाबुराम शर्मा, केशव प्रसाद अर्याल, श्यामकृष्ण लामिछाने, चन्द्रबहादुर रोकाया, पुरुषोत्तम जोशी, लेखनाथ पञ्जेनी, गणेश पौडेल, हुमनाथ गैरे, हरिप्रसाद न्यौपाने, शोभाखर आचार्य, रामहरि अर्याल, ठानेश्वर सापकोटा, हरिकृष्ण भण्डारी, नवराज भट्ट लगायत रहेका छन्।

त्यसैगरी, राजस्व समूहबाट रामप्रसाद बोहोरा, तुल्सीराम चुवाई, गोविन्द अधिकारी, शिवहरि निरौला, सीता आचार्य, दीपक प्रसाद काफ्ले, धनबहादुर कटवाल, कुमार घिमिरे, विशाल भण्डारी, प्रभुनारायण मेहता, नोदराज पोखरेल, श्यामकुमार वलम्पाकी मगर, जानुका तिवारी, प्रदीप साह र तुलसादेवी पिठाकोटे सहित १६ जना सिफारिस भएका छन्।

नेपाल विविध सेवा अन्तर्गत महिला विकास अधिकृत पदमा उमा पोखरेलको नाम सिफारिस गरिएको छ।

बढुवा समितिका अनुसार सबै कर्मचारीहरू जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवाका लागि सिफारिस गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय