सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित गोठियाले देशमा देखिएको ग्यास अभावलाई राजनीतिक विषयसँग जोडेर टिप्पणी नगर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले ग्यास अभावको समस्या कुनै राजनीतिक दलको जितसँग सम्बन्धित नभएको स्पष्ट पारेका छन्।

उनले लेखेका छन्, “रा.स्वा.पा.को घण्टी चुनावमा जितेपछि ग्यासको समस्या आएको होइन। जे पाए त्यही लेख्नु हुँदैन।”
गोठियाले हाल देखिएको ग्यास अभाव अन्तर्राष्ट्रिय परिस्थितिका कारण भएको दाबी गरेका छन्। उनका अनुसार अमेरिका र इरानबीचको तनाव तथा युद्धजन्य अवस्थाको प्रभावले इन्धन आपूर्तिमा समस्या आएको हुन सक्छ।
उनले राजनीतिक टिप्पणी गर्दा आधारहीन आरोप नलगाउन पनि आग्रह गरेका छन्।
“राजनीति गर्नुको अर्थ जथाभावी आरोप लगाउनु होइन,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।




