सिरहा । सिरहा नगरपालिका–१९ का आर्थिक रूपमा कमजोर मनुहरा डोमको छोरीको विवाहमा स्थानीय समाजसेवी मनिष कुमार यादवले खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ।
आज बिहान बरातीहरूको खानपान व्यवस्थामा समस्या हुन सक्ने जानकारी पाएपछि यादवले तुरुन्तै सहयोग गर्दै २ बोरा चामल, ५ केजी दाल, मसला तथा तेल उपलब्ध गराउनुभएको हो।


आर्थिक अभावका कारण विवाह व्यवस्थापनमा कठिनाइ भइरहेको अवस्थामा उक्त सहयोगले परिवारलाई ठूलो राहत पुगेको स्थानीयले बताएका छन्।
यादवले समाजमा आर्थिक रूपमा कमजोर तथा आवश्यकतामा परेका परिवारको साथमा उभिनु सबैको कर्तव्य भएको बताउँदै यस्ता सामाजिक कार्यमा आफू सधैं अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीय बासिन्दाहरूले पनि यादवको यस सहयोगको प्रशंसा गर्दै यस्ता मानवीय कार्यले समाजमा सकारात्मक सन्देश फैलिने बताएका छन्।



