सिरहा नगरपालिका वडा नं. ९ ठेङ्गहीमा एमालेका स्थानीय नेता अमिरी यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा–घण्टी) मा प्रवेश गरेको चर्चा चलेपछि राजनीतिक माहोल तातेको छ। ठूलो संख्यामा समर्थकसहित पार्टी परिवर्तन गरेको खबर सार्वजनिक भएपछि स्थानीय स्तरमा विभिन्न अड्कलबाजीहरू सुरु भएका थिए।

तर यादवले उक्त दाबीलाई अस्वीकार गर्दै स्पष्ट पारेका छन् कि सो कार्यक्रम पार्टी प्रवेश नभई चुनावी भेटघाट मात्र थियो। उनले भने, “हाम्रो गाउँमा नेताजीहरू चुनावी कार्यक्रममा आउँदा त्यो भेटघाट कार्यक्रम हो, पार्टी प्रवेश कार्यक्रम होइन।”

यादवको भनाइपछि पार्टी परिवर्तनसम्बन्धी चर्चामा नयाँ मोड आएको छ। स्थानीय राजनीतिक वृत्तमा भने यस विषयलाई लिएर चासो जारी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!