सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोलामा एक महिलाको शव फेला परेको छ । मृतकको पहिचान नरहा गाउँपालिका–३ खोरियाकी अन्दाजी ६५ वर्षीया सुलेखुल खातुनका रूपमा भएको प्रहरीले जनाएको छ ।
खातुन सोमबारदेखि घरबाट हराइरहेकी थिइन् । उनको खोजी भइरहेको अवस्थामा मंगलबार गागन खोलामा शव फेला परेको हो । स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रमेशबहादुर पालले गोलबजार नगरपालिका–३ स्थित गागन खोलामा महिलाको शव फेला परेको र मृतकको पहिचान खुलेको पुष्टि गरे । उनका अनुसार खातुन सोमबारदेखि हराइरहेकी थिइन् ।
मृतक खातुनको मृत्युको कारण भने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय