सिरहा । सिरहा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत मिर्चैयामा जनमत पार्टी तथा उक्त पार्टीका उम्मेदवारबाट निर्वाचन आचारसंहिता उल्लङ्घन भएको देखिएको छ।
मिर्चैयास्थित ईलाका प्रहरी कार्यालयबाट करिब २० मिटर पश्चिमतर्फ रहेको जनमत पार्टीका उम्मेदवारको कार्यालय अगाडि सार्वजनिक विद्युत पोलमा “हर्न” चुनाव चिन्ह अंकित पोस्टर स्थायी रूपमा टाँसिएको भेटिएको हो।

निर्वाचन आचारसंहिताअनुसार सार्वजनिक सम्पत्ति (विद्युत पोल, सरकारी भवन, सडक संरचना आदि) मा अनुमति बिना प्रचार सामग्री टाँस्न वा स्थायी संरचना राख्न निषेध गरिएको छ।

विशेषगरी सुरक्षा निकाय नजिक गरिने यस्ता गतिविधिलाई संवेदनशील मानिने भएकाले सम्बन्धित निकायले यस विषयमा आवश्यक छानबिन तथा कारबाही गर्नुपर्ने स्थानीयको माग रहेको छ।



