काठमाडौं– पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा.बाबुराम भट्टराईलाई पितृ शोक परेको छ । डा. भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीवार बिहान निधन भएको छ ।

परिवार तथा निकट स्रोतका अनुसार भोजप्रसाद भट्टराईको स्वास्थ्य केही दिनयता जटिल बन्दै गएको थियो ।

उपचारका लागि उनलाई काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उपचारकै क्रममा उहाँको निधन भएको हो ।

प्रलोपा नेता जन्मदेव जैसीका अनुसार स्वर्गीय भट्टराईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

भोजप्रसाद भट्टराईको निधनप्रति राजनीतिक क्षेत्र, शुभेच्छुक तथा आफन्तजनले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय