इलाम – १ का रास्वपा उम्मेदवार विमल गदाल र इलाम- २ का उम्मेदवार गोकुलबहादुर राईको प्रचारप्रसारका लागि उनी इलाम पुगेका हुन् ।
उनले इलामका विभिन्न क्षेत्रमा घरदैलो गरिरहेका छन् । आफ्नो पार्टी र पार्टीका उम्मेदवारलाई मत दिन उनले आग्रह गरिरहेका छन् ।


यसअघि गत मंगलबार झापा–५ मा उम्मेदवारी दर्ता गरेका शाहले बुधबार झापाकै मतदातासँग भलाकुसारी गरेका थिए ।











