सिन्धुली । सिन्धुली जिल्लाको घ्याङलेक गाउँपालिका–स्थित बस्तिपुरमा रहेको एसबीआई बैंक लुटिएको छ । बैंकमा कार्यरत सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर लुटेराहरूले बैंकभित्रको रकम लिएर फरार भएका हुन् ।
घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सक्रियतामा लुटेराको खोजी तथा पिछा गर्ने प्रयास जारी छ । थप सहयोगका लागि सदरमुकाम सिन्धुलीमाडीबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ परिचालन गरिएको छ ।
घटनास्थल सदरमुकाम सिन्धुलीमाडीबाट करिब २७ किलोमिटर टाढा पर्दछ । लुटपाटमा संलग्न समूहले बैंकबाट कति रकम लुटेको हो भन्ने विवरण भने हालसम्म सार्वजनिक भइसकेको छैन ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय