सिरहा । सिरहा नगरपालिकाले अस्थायी तथा करार सेवामा कार्यरत ५० जना कर्मचारीको करार रद्द गर्ने निर्णयविरुद्ध दायर रिट निवेदनमाथि सोमबार उच्च अदालत जनकपुरको राजविराज इजलासमा तोकिएको सुनुवाइ स्थगित भएको छ। अदालतले मुद्दाको अर्को पेशी आगामी माघ २ गतेका लागि तोकेको छ।

गत पौष ७ गते नगर प्रमुख डा. नवीन कुमार यादव र प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुको हस्ताक्षरसहित सार्वजनिक सूचनामार्फत मेडिकल अधिकृतदेखि कार्यालय सहयोगीसम्मका पदमा कार्यरत अस्थायी, ज्यालादारी तथा करार कर्मचारीको करार सम्झौता १ पौषदेखि लागू हुने गरी रद्द गरिएको थियो। यस निर्णयबाट वडा कार्यालय तथा आधारभूत स्वास्थ्य केन्द्रका कर्मचारी प्रत्यक्ष प्रभावित भएका थिए।

करार अवधि बाँकी रहँदै एकतर्फी रूपमा करार रद्द गरिएको भन्दै प्रभावित कर्मचारीहरूले उच्च अदालतमा रिट दायर गरेका थिए। यसअघि अदालतले करार रद्दको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै नगरपालिकालाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।

अन्तरिम आदेशका कारण हालसम्म नगरपालिकाको कर्मचारी व्यवस्थापनसम्बन्धी निर्णय कार्यान्वयनमा आउन सकेको छैन। आगामी माघ २ गतेको सुनुवाइपछि मुद्दाले नयाँ मोड लिन सक्ने भएकाले कर्मचारी, स्थानीय सरकार तथा सरोकारवाला पक्षहरू चासोपूर्वक प्रतीक्षा गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!