सिरहा । सिरहाको औरही गाउँपालिका ५ का अफरोज शेख कतारको जेलबाट छुटेका छन् ।

अफरोजलाई आर्थिक लेनदेन मुद्दामा केहि व्यक्तिले फसाएको थियो । अदालतको फैसला अनुसार जरिवाना तिर्न नसक्दा अफरोज विगत दुई वर्षदेखि जेलमा थिए ।

उनको घरको अबस्था एकदमै कमजोर छ । आफन्तले साढे आठ हजार रुपैया अदालतले जरिवाना सुनाएको र तीर्न सक्ने अबस्था नरहेको बताएपछि पत्रकार सन्तोष यादवले आर्थिक संकलन अभियान चलाए र अन्तत: अफरोज छुटेका हुन् । उनलाई जेटबाट छुटाउन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका उपाध्यक्ष जहांगीर आलमले ठूलो योगदान गरेका छन् ।

अफरोज छुटेपछि अभियान सफल बनेको भन्दै पत्रकार यादवले अभियानमा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय