काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकता गर्ने सहमति गरेको १४ घण्टापछि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सहमतिबारे मुख खोलेका छन् । आइतबार राति ८ बजे सहमति भएकोमा घिसिङले केही बेरअघि मात्रै बोलेका हुन् ।
उनले दुई पार्टीबिच ऐतिहासिक एकीकरणको सहमति भएको भन्दै पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएको दाबी गरे।

यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने विश्वास लिएको उनले बताए।
शुक्रबार सहमति भएको तस्बिर सार्वजनिक हुँदा कुलमानको अनुहार मलिन देखिन्थ्यो । सोही कारण सहमतिबारे कुलमान खुसी नभएको हो कि भन्ने आशङ्का गरिँदै आएको थियो ।




