बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री तथा बंगलादेश नेसनालिस्ट पार्टीकी प्रमुख खालिदा जियाको निधन भएको छ । उनको मंगलबार बिहान ८० वर्षको उमेरमा निधन भएको हो । २० दिनदेखि स्वास्थ्यमा गम्भीर समस्या आएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

खालिदा जिया पछिल्ला केही वर्षदेखि छातीको संक्रमण, कलेजो, मिर्गौला, मधुमेह, आँखाजस्ता रोगसँग लडिरहेकी थिइन् । उनको परिवार र पार्टी नेताहरूले उनको निधनको पुष्टि गरेका हुन् ।

खालिदा सन् १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म दुईपटक बंगलादेशको प्रधानमन्त्री बनिन् । उनी पूर्वराष्ट्रपति जियाउर रहमानकी पत्नी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय