काठमाडौं । डा. मित्र परियार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। उनी श्रम संस्कृति पार्टीका उपाध्यक्ष थिए तर अहिले निलम्बनमा छन्।
नेकपाका संयोजक प्रचण्डले आज बिहान परियारलाई पार्टीमा स्वागत गरेका हुन्। परियार प्रचण्डको हात्तीवनस्थित निवासमा पुगेका थिए।

केही दिनअघि बुटवलमा भएको एक कार्यक्रममा परियारले अभद्र भाषा प्रयोग गरेको आरोप लागेको थियो। सो कार्यक्रममा उनले जिल्ला सहसंयोजक केशव न्यौपानेलाई अपमानजनक गालीगलौज गरेपछि हर्क साम्पाङले उनलाई उपाध्यक्ष पदबाट निलम्बन गरेका थिए।



