काठमाडौं– जेन–जी अगुवा मिराज ढुंगानाको नेतृत्वमा सुरु हुन लागेको आन्दोलनले जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिएको भन्दै प्रहरीले नियन्त्रणको तयारी गरेको छ।
काठमाडौं जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आज बिहान ११ बजेदेखि माइतीघर मण्डलामा आयोजना गर्न भनिएको जेन–जी आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरी तयारी अवस्थामा छ।

प्रहरीका अनुसार माइतीघर मण्डलामा बस्ने कार्यक्रम मात्र भए पनि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ। तर आन्दोलनकारीहरूले अनुमति नलिएको कारण उनीहरूलाई अगाडि बढ्न नदिने रणनीति अपनाइएको प्रहरीले जनाएको छ।
मिराज ढुंगानाको समूहले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जेन–जीका माग तथा मुद्दा सम्बोधन नभएको बताउँदै १० बुँदे एजेन्डासहित आजदेखि आन्दोलन घोषणा गरेको थियो। उनीहरूले सोमबारदेखि सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गर्दै आएका छन्।



