काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व तथा पदाधिकारी चयनका लागि बुधबार मतदान जारी रहेको छ ।

बिहान साढे १० बजेसम्म १६० जना प्रतिनिधिले मतदान गरेको केन्द्रीय निर्वाचन आयोगका सानुराजा पोखरेलले रातोपाटीलाई जानकारी दिए । महाधिवेशनमा कूल २ हजार २६३ जना प्रतिनिधिले भाग लिँदैछन् ।

यसअघि, पार्टीको अध्यक्ष पदका प्रत्याशी रहेका केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय मेसिनबाट पहिलो मतदान गरेका थिए ।

आयोगका अनुसार दुवैलाई मतदान गर्न करिब ५५ मिनेट समय लागेको थियो ।

‘केही प्रतिनिधिले छिटोमा २५ मिनेटमा नै मतदान गरेका छन्,’ पोखरेलले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय