काठमाडौं । कोरोना महामारीमा खटिए बापतको सेवा सुविधा माग गर्दै आन्दोलनरत वीर अस्पतालका कर्मचारीमाथि कुटपिट भएको छ । माग सम्बोधनका लागि दबाब दिन कोभिड युनिफाइड केन्द्रीय अस्पताल वीरका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमको कार्यकक्षमा पुगेका कर्मचारीहरुमाथि हातपात भएको हो ।

विगत आठ महिनादेखि जोखिमभत्ता र सेवा सुविधा नपाएको भन्दै उनीहरु आन्दोलनरत छन् । पटक-पटक सेवा सुविधा पाउनुपर्ने माग राखे पनि पूरा नभएपछि उनीहरु पुनः माग सम्बोधनका लागि दबाब दिन डा. गौतमको कार्यकक्षमा पुगेका थिए।

वार्ताकै क्रममा प्रहरीले चार जना महिला कर्मचारीमाथि हातपात गरेको नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए। ‘सेवा सुविधाका लागि पटक-पटक भन्दा पनि नभएपछि हामीले पुनः आग्रह गर्नका लागि गर्‍यौं। सेवा सुविधा नपाएपछि कर्मचारीहरु आक्रोशित त हुन्छन् नै,’ उनले भने ।

वार्ताकै क्रममा उठेर जान खोजेपछि आक्रोशित कर्मचारीहरुले ढोका बन्द गरेर वार्ता गर्न भन्दा डा. गौतमले प्रहरी बोलाएको उनले बताए । प्रहरीको कुटपिटबाट चार जना महिला कर्मचारी घाइते भएको आचार्यको भनाइ छ । उनका अनुसार तीन जना नर्सिङ कर्मचारी र एक कार्यालय सहयोगीसहित चार जना घाइते भएका हुन् ।

‘उहाँले म दिन सक्दिनँ । जे गर्नु छ, गर्नुस् भन्ने जस्तो कुरा गरेर उठ्न खोज्नुभयो । भाग्न खोजेपछि कर्मचारीहरुले ढोका बन्द गरेर तपाईं बस्नुस् निकास निकाल्नुपर्छ भन्ने किसिमले कुरा गर्न खोज्दा उहाँले प्रहरी बोलाउनुभयो,’ आचार्यले भने, ‘प्रहरी ढोका फोडेर भित्र पस्यो र महिला कर्मचारीलाई लात्तीले हानेर कुटपिट गरेको छ ।’

आठ महिनादेखि सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड १९ जोखिम भत्ता नपाएको आन्दोलनरत कर्मचारीले बताएका छन् । कर्मचारीले डा. गौतमले समस्या समाधान गर्नुको सट्टा प्रहरी बोलाएर कुटपिट गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!