काठमाडौं- सरकारले नगद कारोबारको सीमा घटाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रुपमा वित्तीय संस्था वा बैंकिङ माध्यमबाट गर्नुपर्ने गरी सीमा तोकेको हो।

यसअघि १० लाख रूपैयाँभन्दा बढीको कारोबार बैंकिङ प्रणालीबाट गर्नुपर्ने प्रावधान थियो।
नगद कारोबारको माध्यमबाट सम्पत्ती शुद्धिकरण भइरहेको निष्कर्ष निकाल्दै नेपाल सरकारले नगद कारोबारलाइ निरूत्साहित गर्ने उद्देश्य सहित नयाँ प्रावधान लागू गर्ने निर्णय गरेको हो।



