भदौ २३ र २४ गतेको  जेन–जी आन्दोलनले राजनीतिमा नयाँ दल दर्ताको बाढी नै ल्यायो । जेन–जी आन्दोलनपछि २५ वटा नयाँ दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार जेन–जी आन्दोलनपछि दल दर्ताका लागि निवेदन दिएका ३७ मध्ये आइतबारसम्म २५ वटा नयाँ दल दर्ता भएका छन् ।

पहिलो नम्बरमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टी छ भने अन्तिममा शरदसिंह यादव नेतृत्वको जनअधिकार पार्टी रहेको छ ।

आयोगमा दल दर्ताका लागि निवेदन दिएका तर प्रक्रिया पूरा गर्न नसकेका दलको संख्या १२ छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावमा भाग लिन १४ मंसिरमा दल दर्ता भइसक्नुपर्ने थियो । प्रतिनिधिसभा चुनावमा भाग लिन १ सय २० दल दर्ता भएका छन् । ती मध्ये २५ दल नयाँ हुन् ।

यी हुन् नयाँ दल

श्रमसंस्कृति पार्टी – अध्यक्ष, हर्कराज राई
गतिशील लोकतान्त्रिक पार्टी – अध्यक्ष, दिनेशराज प्रसाई
नागरिक उन्मुक्ति पार्टी नेपाल – अध्यक्ष कबिर सोब
राष्ट्रिय परिवर्तन पार्टी – अध्यक्ष, राजेश पोर्तेल
राष्ट्रिय जनमत पार्टी – अध्यक्ष, रियाज अहमद शेष
नेकपा (माओवादी) – महासचिव, नेत्रबहादुर चन्द
राष्ट्र निर्माण दल नेपाल – अध्यक्ष, अकबर खान
राष्ट्रिय उर्जाशील पार्टी नेपाल – अध्यक्ष, योगेन्द्र मण्डल
पिपुल फस्र्ट पार्टी – अध्यक्ष, प्रशान्त सिंह
उज्यालो नेपाल पार्टी – अध्यक्ष, अनुपकुमार उपाध्याय
स्वभिमान पार्टी – अध्यक्ष, सत्यवानकुमार कर्ण
हाम्रो पार्टी नेपाल – सभापति, खगेन्द्र सुनार
नागरिक सर्वोच्चता पार्टी नेपाल – अध्यक्ष, रत्नप्रसाद श्रेष्ठ
जनादेश पार्टी नेपाल – अध्यक्ष, रमणकुमार कर्ण
सार्वभौम नागरिक पार्टी – अध्यक्ष, गणेशकुमार मण्डल
नागरिक सेवा पार्टी – अध्यक्ष, श्रेया केसी
प्रगतिशील नागरिक पार्टी – अध्यक्ष, सविन सिग्देल
सर्वोदय पार्टी – अध्यक्ष, दिपककुमार साह
सम्मुनत पार्टी नेपाल – अध्यक्ष, सर्वेन्द्र खनाल
नागरिक बचाउ दल नेपाल – अध्यक्ष माधवप्रसाद खतिवडा
नेपाल जनसेवा पार्टी – अध्यक्ष, प्रकाश खड्का
समावेशी समाजवादी पार्टी – अध्यक्ष, नुमा लिम्बू
आवाज पार्टी – अध्यक्ष, सुन्दरराम बोहोरा
जनता लोकतान्त्रिक पार्टी नेपाल – अध्यक्ष, अशोककुमार यादव
जनअधिकार पार्टी – अध्यक्ष, शरदसिंह यादव

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय