सुनसरी । सुनसरी सदरमुकाम इनरुवा-२ मा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा इनरुवा-१० जलपापुरका ३९ वर्षीय हारुन अंसारी रहेको प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिए ।इनरुवादेखि बविया जाने क्रममा को७प ४९०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।अंसारी हेलमेट नलगाइ मोटरसाइकल चलाएर इनरुवादेखि बबियातर्फ गइरहेका बेलामा मगर टोलस्थित बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय