सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित मैनावती खोला नजिक कार, हाइस र विङर एक–आपसमा ठोकिँदा दस जना भन्दा बढी यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनापछि घाइते भएको यात्रुको नाम–थर तथा विस्तृत विवरण संकलनको कार्य जारी रहेको छ। घाइतेमध्ये अधिकांशको उपचार गोलबजारका विभिन्न स्थानीय अस्पताल तथा क्लिनिकहरूमा भइरहेको छ। घाइतेको संख्या पनि थप यकिन गर्ने प्रक्रियामा प्रहरीले टोली परिचालन गरेको जनाएको छ।

दुर्घटनापछि करिब आधा घन्टासम्म पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा सडकबाट दुर्घटनाग्रस्त सवारी हटाइएपछि यातायात सञ्चालनमा आएको हो।

घटनाका कारण, सवारीको गतिलगायत सबै पक्षबारे प्रहरीले अनुसन्धान सुरू गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय