काठमाडौं । प्युठानमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ऐरावती गाउँपालिका–५, झिबाङका २१ वर्षीय प्रकाश बोहरा छन् ।
१६ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । आइतबार (मंसिर ७) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रकाशले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



