धनुषामा कारको ठक्‍करबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन्। प्रहरीका अनुसार आइतबार बिहान मिथिला नगरपालिका – २ नकटाझिजस्थित जनकपुरबाट ढल्के वरतर्फ आउँदै गरेको बागमती प्रदेश ०१– ०३१ च २०३६ नम्बरको कारले साइकलमा सवार दम्पतीलाई ठक्कर दिएको हो।

कारको ठक्‍करबाट साइकलमा सवार जिल्लाकै मिथिला नगरपालिका– १ कि ५५ वर्षीया सुमित्रा देवी महतोको मृत्यु भएको छ। कारको ठक्‍करबाट उनको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा उनका श्रीमान ६० वर्षीय राज कुमार महतो गम्भीर घाइते भएका छन् ।

अहिले राज कुमारको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। ठक्कर दिने कार र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय