काठमाडौं । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा केन्द्रीय कारागार सुनधाराबाट फरार भएका एक कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

पालुङस्थित इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले मकवानपुरको थाहा नगरपालिका–९ बस्नेत टोल निवासी ३२ वर्षीय भूपेन्द्र बस्नेतलाई पक्राउ गरेको हो । उनलाई भीमफेदी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय