जेनजीले एमालेको कार्यक्रममा कुनै अवरोध नगरेको दाबी गर्दै यसलाई आन्दोलनलाई बदनाम गर्ने दुष्प्रयास भनी यादवले बताएका छन् ।
घटनाको मुख्य योजनाकार पूर्वमन्त्री महेश बस्नेत रहेको आरोप लगाउँदै यादवले उनलाई मधेश निषेध गर्न र संलग्न गुण्डाहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
‘मधेशमा एमालेले पछिल्लो समय लगातार उक्साहटपूर्ण र तनाव सिर्जना गर्ने गतिविधि गर्दै आएको छ । यसले मधेशको शान्ति सुरक्षामै खलल पुर्याएको छ । यस विषयमा संवेदनशीलता अपनाउँदै कडा कदम चाल्न राज्य र राज्यका संयन्त्रलाई म अनुरोध गर्न चाहन्छु,’ उनले लेखेका छन् ।