काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध पहिलोपटक अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।
राजदूत फिर्ता बोलाउने निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको हो । अधिवक्ता प्रेम सिलवालले दायर गरेको रिट निवेदनको पेसी यही मंसिर ७ गतेलाई तोकिएको छ ।

जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेपनि सर्वोच्चले रोकेको थियो । तर फेरि सरकारले परराष्ट्र मन्त्रालयमा हाजिर हुन राजदूत फिर्ता बोलाएपछि यो रिट दायर भएको हो ।



