‘मास्टर प्लान’ विनै विकास निर्माणमा करौडौं रुपैयाँ खर्चले दिगो हुन सकेन

सिरहा । सिरहा नगरपालिकाको विशेष नगर सभा आज बस्न लागेको छ । चालू आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटलाई संशोधन गर्न नगरसभा बस्न लागेको हो ।

सिरहा नगरपालिकाको सभाहलमा दिउँसो नगरसभा बस्ने र चालू आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटको प्राथकिताको विषयवारे बृहत रुपमा छलफल हुने कार्यक्रम रहेको छ । दोस्रो आवद्यिक निर्वाचन अन्र्तगत २०७९ मा निर्वाचित भएको वर्तमान सिरहा नगरपालिकको गत भदौंमा नियमित नगरसभा गरेको थियो । नगरसभा गरेपनि सिरहा नगरपालिकाले त्यसको कार्यान्वयन गर्न सकेको थिएन् । त्यस लगतै भदौंमा भएको जेन–जी आन्दोलनले गर्दा पनि सिरहा नगरपालिकाको कामकाज प्रभावित बन्यो ।

घाटामा बजेट विनियोजन गरेपछि चौतर्फी आलोचनाको सामना गर्दै अएको सिरहा नगरपालिकाले अगामी नगरसभाबाट बाँकी अवधिका कार्यान्वयनमा आउने सक्ने गरी योजना तर्जुमा गर्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ ।

स्थानीय तह संचालन ऐन, २०७४ अनुसार असार १० गतेभित्र नगरसभा गर्नुपर्ने र असार महिनाभित्र बजेट पारित गर्नुपर्ने कानूनी प्राबधान छ । नगरसभामा सिरहा नगरपालिकाले कुन कुन क्षेत्रलाई प्राथमिकतामा राख्ने विषय निकै चासो पूर्वक हेरिने भएको छ । नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएको यो चौथांै वर्षको बजेट र कार्यक्रम हुने भएकोले पनि आम नागरिकले वडो चासोकासाथ नगरसभालाई लिएको छ ।

सिरहा नगरपालिका क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, ढल निकासी, सुशासन लगायत हरेक क्षेत्रमा समस्या रहेको छ । दिगो विकास हुने गरी सिरहा नगरपालिकाले नीति तथा कार्यक्रमलाई प्राथमिकता राख्न नसकेको जानकारहरु बताउँछन् । नगरको ‘मास्टर प्लान’ विनै विकास निर्माणमा करौडौं रुपैयाँ खर्च भईरहेको र दीगो नभईरहेको स्थानीय नागरिक अगुवाहरुको भनाई रहेको छ । सिरहाका युवा नेता अरविन्द यादवले सिरहा नगरपालिकाले नगरको वृहत हित हुनेगरी नीति तथा कार्यक्रम ल्याउनु पर्ने र त्यसै अनुसार बजेट विनियोजन गर्नुपर्ने बताएका छन् । देशको पूरानोमध्येको एक सिरहा नगरपालिका भएपनि यहाँको विकासमाथि जहिले प्रश्न उठ्ने गरेको भन्दै नेता यादवले सिरहा नगरपालिका क्षेत्रको विकास गर्न मास्टर प्लानको निकै जरुरी भएको बताए ।

गुणस्तरीय शिक्षासँगै सामुदायिक विद्यालयहरुको पूर्वाधारहरु निकै कमजोर भएको रहेको स्थानीय अगुवा कुमार विवेकले बताए । विद्यालयहरुमा बालबालिका भूईमा बसेर पढ्न बाध्य रहेको भन्दै उनले स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाईने औषधी पनि उपलब्ध नहुने अवस्था रहेको बताए । शिक्षा, स्वास्थ्यसँगै नागरिकको आवश्यकताको क्षेत्रहरु पहिचान गरी नगरपालिकाले सुविधा थप्ने गरी योजना र नीति ल्याउनु पर्ने उनले बताए ।

सिरहा भन्सार कार्यालय माडरको विस्तार, कमला नदीको पुल निर्माणमा समन्वय, जिल्ला अदालत सिरहाको भवन निर्माणको निम्ति जग्गाको बन्दोबस्ती गर्न पनि सिरहा नगरपालिकाले यस सभाबाट नीति लिनुपर्ने सिरहा नगरपालिका १२ का मनोज मण्डलको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय