कतार । खाडी मुलुक कतारमा रहेको ‘सिरहा सेवा समिति कतार’को आठौं अधिवेशनवाट नयाँ कार्यसमिति चयन गरिएको छ ।

एकताको अधिवेशनबाट जिवछ यादवको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । प्रथम उपाध्यक्षमा मो. हनिफ, द्वतीय उपाध्यक्षमा अमिरी मंडल, महासचिवमा राजाराम मंडल, सचिवमा वीरेन्द्र यादव, कोषाध्यक्षमा मो. इशा अली, सह–कोषाध्यक्षमा सुरेश यादव रहेका छन् । यस्तै सदस्यहरुमा घुरण मंडल, बेचन यादव, बिनोद यादव, सुरेश यादव, जिबछ ठाकुर रहेको छ ।

यस्तै सल्लाहकार संरक्षकमा राम कुमार मंडल, सल्लाहकार संयोजकमा रामबाबु यादव, सल्लाहकारमा सुरेश मंडल, साकिर अलि, तेजिलाल मंडल, रामबाबु यादव, रामेश्वर मंडल रहेको छ ।

कतारको राजधानी दोहाको क्राउन प्लाजा होटलमा भएको आठौं अधिवेशनको अध्यक्षता रामबाबु यादव र रामकुमार मण्डलले गरेका थिए ।

यस्तै प्रमुख अतिथि नेपाली दूताबास कतारका द्वतीय सचिव प्रवीण भट्टराई, विशेष अतिथिमा एनआरएनए एनसीसी (NRNA NCC) कतारका अध्यक्ष मो. मोहम्मद मुक्तदा मुसलमान, हेल्प मधेसीका अध्यक्ष राम कल्याण महतो, धानुक सेवा समाजका सचिव सूर्य नारायण मण्डल, धनुषा सेवा समाजका अध्यक्ष मो जमिर नदाफ लगायत वैदेशिक रोजगारीमा रहेका नेपालका वुद्धिजिवि समाजसेवीहरुको उपस्थिती रहेको नयाँ कार्य समितिका सल्लाहकार सुरेश मंडलले जानकारी दिएका छन् । उक्त संस्था वैदेशिक रोजगारमा रहेका सिरहाका युवाहरुले सन् २००६ मा नै स्थापना गरेका छन् ।

सिरहा सेवा समितिले वैदेशिक रोजगारमा रहेका युवाहरुलाई आवश्यक सहयोग, समन्व गर्दै सिरहा, धनुषा, सप्तरी लगायतका प्रदेश २ का जिल्लामा समाजिक सेवामा योगदान पुर्याउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!